आलु-केराउको अचार
सामग्री ः १ किलो आलु -उसिनेको), ३ सय ५० ग्राम सानो केराउ -एक रात भिजाएको), तोरीको तेल -१ सय मिलिलिटर), मेथीको दाना -१ ठूलो चम्चा), कागतीको रस वा चुक -स्वादअनुसार), तिल -१ सय ग्राम पिसेको), बेसार -१ सानो चम्चा), जिराको धूलो -१ सानो चम्चा), धनियाँको धूलो -१ सानो चम्चा), खुसार्नीको धूलो -१ सानो चम्चा), हरियो खुर्सानी -१ सय ग्राम काटेको), हरियो धनिया, नुन -स्वाद अनुसार)।
विधि ः आलुको बोक्रा छोडाएर एउटै आकारको टुक्रा बनाएर छुट्टै भाँडामा राख्ने। प|mाई प्यानमा तेल तताउने। तेलमा मेथी फुराउने अनि बेसार, जिरा, धनियाँको धूलो हालेर आलुमा झान्ने। त्यसपछि बाँकी रहेको सबै सामग्री आलुमा हालेर राम्रोसँग मोल्ने। त्यसमा स्वाद अनुसार कागतीको रस वा चुक तथा नुन हाली मोल्ने। माथिबाट हरियो धनियाँ छर्कने।